एमएडब्लू वृद्धिले फोटोनका १४ र १५ सिटे विद्युतीय भ्यान सार्वजनिक गर्दै

Advertisement

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले बिश्वको सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्डको ब्याट्री ब्याट्री जडित फोटोनका १४ र १५ सिटे विद्युतीय भ्यान सार्वजनिक गर्ने भउको छ । 

उक्त गाडीमा ८५ केडब्यू पावर रहेको छ । जुन यस सेग्मेंटको गाडीमा सबैभन्दा धेरै हो ।  साथै आरामदायी यात्राको लागि ठूलो सिट, इन्टेरियर र फुल एसी रहेको छ ।  

Advertisement

कम्पनीका अनुसार यसमा ५ वर्ष अथवा ३,००,००० किमीको वारेन्टी रहको छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ । 

फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिक  लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा लोकप्रिय हुँदै गइरहेको कम्पनीको दाबी छ ।
 

Advertisement

Advertisement