चिलिमे जलविद्युत कम्पनीद्वारा १५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (करसहित) लाभांश घोषणा गर्ने निर्णय गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले जनाएका छन् । 

Advertisement

यसैबीच लाभांश पारित गर्न पुस २० गते २७औं वार्षिक साधारण सभा बोलाइएको छ । साधारण सभा प्रयोजनका लागि पुस ८ गते १ दिन बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव आचार्यले उल्लेख गरेका छन् ।  
 

Advertisement

Advertisement