साना किसान विकास लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Advertisement

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० नाफाबाट १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव अनिलकृष्ण जोशीले जनाएका छन् । 

Advertisement

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४.४४ रुपियाँ छ ।  
 

Advertisement

Advertisement