सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा

Advertisement

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा आएको छ ।

बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले एक समारोहका बीच उक्त कम्पनीको उद्घाटन गरेका हुन् । उक्त अवसरमा अध्यक्ष पाण्डेले धितोपत्र बजारमा छुट्टै पहिचान बनाउने बताए । 

Advertisement

त्यस्तै बैंकका सीईओ गणेशराज पोखरेलले सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने बताए ।

यो संस्था आफ्नै कुपन्डोल स्थित भवनबाट कम्पनी संचालनमा ल्याइएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए।टि।एम। र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख  हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

 

Advertisement

Advertisement