सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजी ३,२६,७५,९१,७१६.७१/– को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ । साथै आव ०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ । 

Advertisement

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु र ३० एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement