नेपाल हाइड्रो डेभलपर लिमिटेडको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार उक्त कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३४५.७९ कायम गरिएको छ । यसअघि रु. ३७० थियो ।

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि उक्त कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।    

Advertisement

Advertisement