बुध्द एयरले १७औं जहाजबाट सुरु गर्यो व्यवसायिक उडान

Advertisement

काठमाडौं । बुध्द एयरले आजबाट आफ्नो १७औं जहाजबाट व्यवसायिक उडान सुरु गरेको छ । 

१७औं जहाजबाट आजको पहिलो उडान काठमाडौं-तुम्लिङटारको भएको थियो । जहाजमा ५९ जना यात्रु रहेको कम्पनीले जनाएको छ ।

Advertisement

जहाज ल्याईसकेपछि रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि आजदेखि व्यवसायिक उडान शुरु गरेको बुध्द एयरले जनाएको छ । 

बुध्द एयरसँग ३ वटा एटीआर–४२ तथा १४ वटा एटीआर–७२ जहाज रहेको छ ।

Advertisement

Advertisement