पासाङले २५ वर्षपछि भेटे बेयर ग्रिल्सलाई, कसरी बन्यो मित्रता ?

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा २७औं पटक सफलतापूर्वक आरोहण गरेका पासाङ दावा शेर्पाले २५ बर्षपछि आफ्ना मित्र बेयर ग्रिल्सलाई भेटेका छन् । 

‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा टेलिभिजन पर्सनालिटि ग्रिल्ससँग पासाङले २५ बर्षअघि सगरमाथा सँगै आरोहण गरेका थिए । सन् १९९८ पछि भेट गर्न नपाएका उनीहरुबीच भेटघाट भएको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । 

Advertisement

ग्रिल्सले सामाजिक सञ्जालमा पासाङका तस्वीरहरु पोष्ट गर्दै लेखेका छन्, ‘मैले यो सुन्दर मान्छेलाई २५ वर्षदेखि देखेको थिइन् । मेरो सबैभन्दा मिल्ने साथीको जीवन बचाउने र सगरमाथाको चुचुरोमा मेरो छेउमा उभिने मान्छे । हामी दुवै जना २३ वर्षका थियौं । त्यो पलले हामी दुवैको जीवन सधैंका लागि बदलिदियो । म तपाइँसँग हुन पाउँदा धेरै खुशी छु र तपाइँको मित्रताको लागि धन्यवाद ।’

पाङ्बोचेमा जन्मिएका पासाङ अहिले इमाजिन नेपाल ट्रेक्स कम्पनीमा कार्यरत छन् । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट कामिरिताले २८ औं पटक सगरमाथाको आरोहण गरी कीर्तिमान बनाएका थिए । पासाङ र कामिरिता दुई जना मात्र हुन् जसले सगरमाथाको सबै भन्दा धेरै पटक आरोहण गरेका छन् । हाल पासाङ घुम्न बेलायत पुगेका छन् ।

undefined

nullnull

Advertisement