ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालन, कूल शाखा संख्या ३५५

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

Advertisement

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु शुरु भएको छ । 

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको जनाएको छ । 
 

Advertisement