एनसेल प्रकरण चर्किँदै गएको बेला प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । एनसेल प्रकरणमा प्रधानमन्त्री र उनको परिवारको संलग्नताको कुरा बाहिर आएको बेला गजुरेलको राजीनामा अर्थपूर्ण देखिन्छ । 

गजुरेलले मंसिर २० गते नै राजीनामा दिएको भए पनि आइतबार मात्रै बाहिर सार्वजनिक भएको हो । आफूले राजीनामा दिए पनि स्वीकृत भएको जानकारी प्राप्त भइनसकेको उनले बताएका छन् । 

Advertisement

प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि वा अन्य पद प्राप्त गर्नका लागि राजीनामा नभएको गजुरेलले बताए । एक मिडियाई दिएको प्रतिक्रियामा गजुरेलले आफ्नो राजीनामा व्यक्तिगत असन्तुष्टि र पदको लाभको अपेक्षाका लागि नभएको बताएका छन् । उनले राजीनामा दिएपछि कारण बताउने जनाएका छन् । 

प्रधानमन्त्री दाहालले गत माघ ९ मा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए ।

Advertisement

Advertisement