शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

Advertisement

काठमाडौं । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ भन्ने मूल नाराका साथ शौर्य सिमेन्टद्वारा आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । 

मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढि आबेदन परेको थियो, जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनौट गरिएको थियो । छनौट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योगको परिसर स्थित हलमा क्यानभासमा दिइएको बिषय बस्तु अनुसार चित्र बनाउन लगाइएको थियो । 

Advertisement

उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ, जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ । 

तेस्रो चरणको प्रतियोगिता पुस २ गतेदेखि ७ गत सम्म चल्नेछ । यस प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५–५ हजार नगद प्रदान गरिने छ । 

उक्त कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका संचालक श्यामसुन्दर यादब र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर रहेका छन् । 

Advertisement