शौर्य मिथिला लोकचित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

Advertisement

काठमाडौं । ‘मिथिला चित्रकला मधेशक शान यहिके उजागर करब शौर्यक अभियान’ नाराका साथ शौर्य सिमेन्टको आयोजनामा आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । 

मधेसमा गरिएको उक्त कार्यक्रममा १५० भन्दा बढि आवेदन परेका थिए जसबाट दोस्रो चरणमा ७५ जना छनौट गरिएको थियो । छनौट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योगको परिसरस्थित हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो । 

Advertisement

उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ । 
तेस्रो चरणको प्रतियोगिता पुस २ गतेदेखि ७ गतेसम्म चल्नेछ ।

यस प्रतियोगितामा प्रथम हुनेलाइ ७५ हजार,  द्वितीय हुनेलाइ ५० हजार, तृतीय हुनेलाइ २५ हजार र बाँकी १२ जनालाइ ५–५ हजार नगद प्रदान गरिने छ । 
कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर रहने जनाइएको छ । 

शौर्य सिमेन्टले आफ्नो संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत यो कार्यक्रम गरेको हो । 

Advertisement

Advertisement