विदेशी मुद्रा कारोबार इजाजतपत्र विनियमावली संशोधन, क्यासिनोलाई २५ लाखको बैंक जमानत चाहिने

Advertisement

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ मा दोस्रो संशोधन गरेको छ ।

संशोधित व्यवस्था अनुसार राष्ट्रियस्तर बाहेकाका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहे्को स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागबाट इजाजतपत्र पाउने छन् । 

Advertisement

विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न विदेशी मुद्राको कारोबार गर्ने बैक तथा वित्तीयसंस्थाहरु मध्ये वाणिज्य बैंकले ५ लाख, राष्ट्रिय स्तरका विकास बैंकले १ लाख र प्रादेशिक स्तरका विकास बैंक र सबैस्तरका वित्त कम्पनीहरुले २० हजार शुल्क बुझाउनु पर्नेछ । 

साथै नेपाल सरकारबाट इजाजतप्राप्त (नविकरणसमेत) क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रति कारोबार स्थानको लागि २५ लाख बराबरको २४ महिनाको बैंक जमानत र इजाजत शुल्क बापत १ लाख राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । 

तर आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रतिकारोृबार स्थानको लागि १० लाख रुपियाँ बराबरको २४ महिनाको बैंक जमानत र शुल्क बापत ५० हजार राष्ट्र बैंकमा बुझाउनु पर्ने संशोधित विनियमावलीमा उल्लेख छ । 

संशोधिन विनियमावलीको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्
   
 

Advertisement

Advertisement