शेयर बजारमा दोहोरो अंकको करेक्शन, ह्वात्तै बढ्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा दोहोरो अंकका करेन्शन देखिएको छ । साताको पहिलो दिन हिजो १११ अंक उचालिएको बजार आज १५.४० अंकले तल झरेको हो । बजार झरेपनि कारोबार रक मभने ह्वात्तै बढेको छ । 

आज ०.७८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४८.५७ अंकमा झरेको हो । ३०३ कम्पनीका १ करोड ४६ लाख ९८ हजार ५ सय १७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६.८४ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

समग्रमा बजार घटे पनि विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । 

बोटलर्स नेपाल (बालाजु) लिमिटेड, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनीका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाए भने हाथवे इन्भेन्टमेन्ट, इन्फिनिटी लघुवित्त र मानुषी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९०, ९.६० र ९.३३ प्रतिशतले नाफा कमाए । 

त्यस्तै समता घरेलु लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.१५ प्रतिशतले घाटा व्यहोरे । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्पनीको २५ करोड १५ लाख ६० हजार ६ ुसुय ७.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो बजार १११.२० अंकले उचालियो । बजार ६ प्रतिशतले उचालिएपछि जम्मा ९ मिनेटमात्रै कारोबार भएर स्थगित भएको थियो । 
 

Advertisement