पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न

Advertisement

काठमाडौं । जनकपुरमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वन मन्त्रालय– मधेश प्रदेशको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । 

मधेश प्रदेशका २० स्थानीय सरकार [महानगरपालिका/नगरपालिका/गाउँपालिका] अन्तर्गतको पर्यटन हेर्ने समितिको संयोजक र पर्यटन शाखा/योजना शाखासंग  सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो । 

Advertisement

कार्यशालाले स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू बिकाश गर्न र स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र  कार्ययोजना कार्यान्वयन गर्ने परियोजनाले आयोजना गरिएको जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका जीबीकोपार्जन बिज्ञ तथा परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले जानकारी दिए ।

कार्यशालाको मुख्य प्रशिक्षक रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा, नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रबद्र्धन, ब्रान्डिङ तथा पर्यटन बिभागका शाखा अधिकृत नारायण प्रसाद खनालले संस्कृति, पर्यटन तथा  नागरिक उड्डयन मन्त्रालयको प्राथमिकतामा रहेको ७३ बुँदे कार्ययोजना, पर्यटन दशक २०२३–२०३२ दशक लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । 
 

Advertisement

Advertisement