नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चद्धारा तीन जना प्रहरी अधिकृतहरुलाई सम्मान प्रदान

Advertisement

काठमाडौं । इन्टरपोलद्धारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्धय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले सम्मान गरेको छ । 

आज (सोमबार) नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्धयको सम्मानपत्र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई हस्तान्तरण गरे । साथै प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई पनि बोहराले सम्मानपत्र हस्तान्तरण गरे । 

Advertisement

कार्यक्रममा पूर्वआईजीपी बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धीले पूर्वप्रहरीहरूको समेत गौरव बढेको बताए । उनले भने, ‘यस्ता अभिनव सोच र साहसिक कार्यहरुले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिल्छ । यसले नेपाल प्रहरीलाई महत्वपूर्ण कार्यहरू जिम्मेवारीका साथ बहन गर्न थप हौसला र प्रेरणा मिल्नेछ ।’ 

सम्मानित हुने प्रहरी निरीक्षकहरु नारायण थापा र उमेश गुरुङ श्रेष्ठले नेपाललाई प्रतिनिधित्व गर्दै निर्माण गरेको ‘लेस्ट सेभ द प्ल्यानट’ विषयक सूचनामूलक छोटो भिडियो इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोअबल भिडियो कन्टेस्ट फर योङ पुलिस लिडरस’ प्रतियोगितामा सहभागी १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको थियो । 

undefined
 

Advertisement

Advertisement