कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्यूरिटिज सञ्चालनमा

Advertisement

काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) सञ्चालनमा आएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले आज एक समारोहका बीच कम्पनीको कारोवार शुभारम्भ गरेका हुन् । 

Advertisement

कार्यक्रममा केबिएल सेक्यूरिटिज, कुमारी बैंक तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोवार शुभारम्भ गरेसंगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबिएल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरे । 

केबिएल सेक्यूरिटिज, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोवार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

Advertisement

Advertisement