डिशहोमद्धारा ‘आईसीसी टी–२० विश्वकप छनोट’मा गरेको पुरस्कार घोषणा खेलाडीहरुलाई प्रदान

Advertisement

काठमाडौं । डिशहोमले आईसीसी टी–२० आई विश्वकप क्रिकेट छनोट खेलका क्रममा घोषणा गरेअनुसार पुरस्कार जित्ने खेलाडीहरुलाई सोमबार नगद रकम प्रदान गरेको छ । डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले पुरस्कार रकम प्रदान गरेका हुन् । 

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित पौडेललगायतका खेलाडी उपस्थित थिए ।      

Advertisement

गत अक्टोबर २९ देखि सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो । 

पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपियाँ, एकै खेलमा शतक र पाँच विकेट लिने खेलाडीले २० लाख रुपियाँ, एकै खेलमा पाँच विकेट लिएमा पाँच लाख रुपियाँ, अर्धशतक बनाएमा एक लाख रुपियाँ, कम्तीमा तीन विकेट लिएमा उक लाख रुपियाँ, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा तीन क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपियाँ दिने डिशहोमले जनाएको थियो । नेपाल दश वर्षपछि टी २० विश्वकपमा छनोट भईसकेको छ । 

Advertisement

Advertisement