बाक्लो कुहिरो लाग्दा तराईका  विमानस्थलहरुमा उडान प्रभावित
फाइल तस्बिर

Advertisement

काठमाडौं । बाक्लो कुहिरो लाग्दा तराईका विमानस्थलहरुमा उडान प्रभावित भएको छ । 

विगत तीन चार दिनदेखि विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी विमानस्थलहरुमा बिहान बाक्लो कुहिरा लाग्ने गरेकाले हाल तराईका विमास्थलहरु बिहान ढिलो खुल्दा हवाई उडान पनि ढिलाइ भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

Advertisement

देशभरी जाडो बढेसँगै यसको असर हवाई उडानमा पनि देखिएको छ । तराईमा बिहान ‘लोकल फोर्क’ लाग्ने गरेकाले बिहान र रातिका उडानहरु दुई, तीन घण्टासम्म ढिलाई भइरहेको उनले बताए । उनले भने, ‘अहिले मौसमले गर्दा पनि हवाई उडानहरु समयमै हुनु सकेको छैन् । जाडो याममा डिसेम्बरभरीदेखि जनवरी महिनासम्म यस्तो समस्या हुन्छ । फेब्रुअरीबाट बिस्तारै मौसम खोल्र्दै जान्छ । हामीले अहिले वायुसेवा कम्पनीहरुलाई उडान हुन् धेरै ढिलो हुने भएपछि यात्रुहरुलाई विमानस्थलको टर्मिनलमा जम्मा गर्नु भन्दा उनीहरुलाई अगाडि नै उडान ढिलाई हुने बारे खबर गर्न भनिरहेका छौं ।’

जाडो जाममा मौसमका कारण तराईका विमानस्थलहरुमा कम दृश्यता (लोअ भिजबिलिटी) उडान प्रभावित हुने गरेको छ ।

उनले थपे, ‘तराईका विमानस्थलहरुमा मात्र नभएर अन्तर्राष्टिय विमानस्थलमा पनि छ मौसमले गर्दा उडान प्रभावित भइरहेको छ । जस्तै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जाडो याममा कुहिरो लाग्ने हुँर्दा उडान ढिलो ढिलो हुन्छ । तर भैरहवा र पोखरामा चाँहि तराईको जस्तो होइन बिहान एकछिन कुहिरो लाग्ने पछि हटछ ।’ 

Advertisement