राशिफलः आज (मंसिर २८) तपाइँको पेशा, व्यावसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल मंसिर महिनाको २८ गते बिहीबार, मंसिर शुक्लपक्षको द्वितीया तिथि ।

मेष 
रसिलो व्यक्तित्व बन्ने छ । घर परिवारमा पनि हाँसो ठट्टामय वातावरण बन्ने छ । परिवारको साथले गर्दा कर्मशिलता बढ्ने छ । पेशागत सकारात्मक बन्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार, वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई सकारात्मक रहने छ ।

Advertisement

वृष 
बोलीको शक्तिमा बृद्धि हुने छ । मनमा भने अरुलाई झुक्याउने गरी बोलौँ–बोलौँ लाग्ने छ । पेशागत जीवन सकारात्मक रहने छ । आम्दानी औसत खालको रहने छ । शेयर बजार औसत रहने छ । भाग्यको साथ भएका कारण अरुको विश्वास जित्न सकिने छ । शिक्षा क्षेत्र, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, अध्ययन अध्यापन, परामर्श जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ ।

मिथुन 
अरुलाई पनि बाँडचुड गरेर खान मन लाग्ने छ । मिठामिठा खानाका परिकारहरुमा मन जाने छ । साथिभाइहरुसँगको भेटघाट हुने र उक्त विषय फलदायी बन्ने छ । पेशात जीवन पनि सहज बन्ने छ । शेयर बजारबाट आशा गरे जस्तो लाभ मिल्ने छैन् । अरु क्षेत्रबाट कमाईमा बृद्धि हुने छ भने खर्च पनि निकै बढ्न जाने छ । भाग्य बलियो रहेका कारण आँटेका कुराहरु पुरा हुने छन् ।

कर्कट
मनमा वैराग्यताले असाध्यै सताउँदा आफ्नो कर्मप्रति उदासिनाको मात्रा ह्वात्तै हुने छ । आफ्नो लक्ष्यप्रति लम्किन कम जाँगर आउने छ भने ढिला गरि पुरा हुन जाने छन् । पेशागत जीवनमा धेरै जोखिम नलिनु होला । शेयर बजार प्रतिकुल रुपमा गुज्रने छ । जीवनसाथिको दरिलो साथले निकै मद्धत मिल्ने छ । परिवारमा सुमधुर वातावरण हुने छ । भाग्यहिनताका कारण राम्रौ बोल्दा पनि अपजस आउने छ ।

सिंह
पैसाप्रति बढि आशक्ति भएको लोभि छवि देखा पर्ने छ । स्वार्थि व्यक्तित्वको चित्रण अरुले गर्ने छन् । पेशागत जीवनबाट आर्थिक लाभ हुने भए तापनि साथिभाइको विश्वास भने गुम्न पुग्ने छ । ब्यापार विजनेशमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजार औसत रहने छ । बोलीमा रुखोपन हुने छ । प्रकाशन, पत्रकारिता, स्टेशनरी, वाणिज्य ब्यापार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।

कन्या
रमाईलो गर्न नजान्ने र सबै वातावरणमा कडा मिजासको स्वाभाव हुने छ । जसले गर्द अरुसँग घुलमिल हुन कठिन हुने छ ।  निडर स्वाभावको रुप देखा पर्ने छ । मनोबलमा बृद्धि हुँदा रिस कडा हुन जाने छ । दाम्पत्य जीवन सहज रहने छ । पेशागत जीवन औसत खालको हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । जोखिमपूर्ण क्षेत्रमा रहेकाहरुलाई लाभ मिल्ने छ ।

तुला
सृजनशिल स्वाभाव हुँदाहुँदै पनि व्यावहारिक भन्दा काल्पनिक विषय हावि हुने छ । उदासिनताले सताई रहने छ । परिवारमा तनावको अवस्था रहने छ । आम्दानीमा पनि गिरावट आउने हुँदा दबाब सृजना हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । दाम्पत्य जीवनमा पनि झैझगडा हुने छ । नेतृत्व, ब्यवस्थापक, स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षिक संस्था जस्ता क्षेत्रमा आवद्धहरुलाई चुनौति देखिन्छ ।

वृश्चिक
स–सानो विषयमा गरिएको हाँसिमजाक महङ्गो पर्न जाने छ । जसले गर्दा सुमधुर सम्बन्धहरुमा तिक्तता आउने छ । पेशागत जीवन भने शुभ रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । परिवारमा झैभगडाको अवस्था आउने भएकाले सतर्क रहनु होला । सार्वजनिक सवारीसाधन, ढुवानीका सवारीसाधन, औषधी ब्यापार, मेडिकल पसल, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैंसीपालनमा लागेकाहरुलाई लाभ हुने छ ।

धनु 
वर्तमान भन्दा भविष्य प्रतिको चिन्ताले अत्याधिक सताउने छ । शारीरिक थकान तथा रगतसम्बन्धी समस्याबारेमा सतर्क रहनु होला । पेशागत जीवन औसत रहे पनि स्वास्थ्यसम्बन्धी समस्याले धेरै गति भने लिन सक्ने छैन् । शेयर बजार प्रतिकुल बन्ने छ । घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सााग्रीहरुको कारोवार, व्युटिपार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

मकर
सांगीतिक विषयमा मन जाने छ । रसिलो बोलीले गर्दा विपतिर लिङ्गीहरु आकर्षित हुन पुग्ने छन् । तर यौनका विषयमा सचेत रहनु पर्ने देखिन्छ । आम्दानीमा बृद्धि भए पनि लुगा कपडा जस्ता किनमेलमा निकै खर्च हुने छ । शेयर बजारमा लाभ मिल्ने छ । परिवारमा मधुर वातावरण रहने छ । पेशागत जीवन मध्यम खालको रहने छ । सृजनशिल क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ ।

कुम्भ 
मादक पदार्थको प्रयोगका कारण झैझगडा र तनावको अवस्था आउने छ । साथिभाइहरुकै बीचमा पनि कटुता र द्वन्द चर्किन जाने छ । मानसिक रुपमा कमजोर अवस्थाको सामना गर्नु पर्न छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरु समय कठिन देखिन्छ ।

मीन
विभिन्न सन्दर्भका भोजमा सहभागि हुन पाइने छ । तर स्वास्थ्यसम्बन्धी समस्याले भने च्याप्ने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरताबारे ध्यान दिनु होला । आम्दानीमा गिरावट हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । भाग्यहिनताका कारण सफलताहरु कठिन बन्ने छन् । न्याय क्षेत्र, लेखन, उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता, सञ्चार जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement