सुन तोलामै २७ सय घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज सुन प्रतितोला २ हजार ७ सय र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement