राशिफलः आज (पुस १) तपाइँको पेशा, व्यावसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल पुस महिनाको १ गते आइतबार, मंसिर शुक्लपक्षको पञ्चमी तिथि । आज विवाहपञ्चमी, जनकपुरमा सीताराम विवाह महोत्सव । साथै आज आवालब्रम्हचारी षडानन्द जयन्ती ।

मेष 
ब्यक्तित्व बोल्ड बन्ने छ, तर अत्याधिक रिसाहा व्यक्तित्व पनि देखा पर्ने भएकाले यसमा भने ध्यान दिनुहोला । सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । अन्यको हकमा सोचे जस्तो आम्दानी हुने छैन् । शेयर बजारमा निकै सोचेर मात्र लागानीको जोखिम लिँदा उत्तम हुने छ ।

Advertisement

वृष 
धन सम्पत्तिमा बृद्धि हुने छ । साझेदारीमा सफलता मिल्ने छ । जीवनसाथिका कारण धन धान्य बृद्धिमा मद्दत मिल्ने छ । शेयर कारोवार तथा सट्टोबाजीमा उत्साह जाग्ने छ र फाइदा पनि मिल्ने छ । भाग्यको अभिबृद्धि हुने भएकाले कार्यसफलता मिल्ने छ । 

मिथुन 
व्यक्तित्वमा बोल्डपना विकास हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने छ । भाग्यको साथ नभएको आभाष हुने छ भने यसले कार्य सफलतामा बाधा उत्पन्न हुने छ । शेयर बजारको कारोवारमा विचार  गरेर मात्र अघि बढ्नु होला । छोटोछोटा यात्रा गर्ने अवसर मिल्ने छ । 

कर्कट

अम्दानीमा बृद्धि हुने छ । कर्मशिलता बढ्ने छ भने मान सम्मान र कदर प्राप्त हुने छ । प्रशासनीक क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरुलाई लाभ मिल्ने छ । अनुसन्धान तथा खोजमुल क्षेत्रका व्यक्तिहरुलाई पनि लाभ प्राप्त हुने छ । शेयर बजारको संलग्नता फलदायि हुन पुग्ने छ । 

सिंह
नेतृत्वमा सफलता मिल्ने छ । निजामति, न्याय, प्रशासनको क्षेत्रमा सक्रियहरुले सफलता तथा अभिवृद्धिको अवसर प्राप्त गर्ने छन् । फलाम, उद्योग, कलकारखाना, यातायात क्षेत्र, केमिकल्स आदी क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । शेयर कारोवारमा औसत लाभ प्राप्त हुने छ ।

कन्या
कर्मको क्षेत्रमा पनि अभिबृद्धि हुने छ । नेतृत्वमा रहेका व्यक्तिहरुलाई अपजस आउने छ । पेशागत जीवनमा उल्झनहरु तथा आरोप प्रत्यारोप र अपमान लाग्ने छ । शेयर बजारको संलग्नताले केही लाभ प्रदान गर्ने छ । 

तुला 
दाम्पत्य साथ रहेमा आम्दानीमा बृद्धि हुन पुग्ने छ । फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । पेशागत सफलताबाट भाग्यको अभिबृद्धि हुन पुग्ने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

वृश्चिक
मनमा अलि निराशा आउने छ, शिर भारी हुने तथा टाउकोसँग सम्बन्धी समस्याले सताउला । मेहनत र पराक्रममा भने बृद्धि हुने छ । पेशागत जीवनमा उल्झनहरु आउने भएकाले सतर्क रहनु होला । साझेदारीमा समस्याहरु देखा पर्ने छन् । शेयर क्षेत्र निराशाजनक रहने छ । 
 
धनु 
प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने छ । जीवनसाथिको साथले अघि बढेमा व्यवस्थापकीय क्षेत्रमा लाभ मिल्ने छ । पैतृक सम्पत्तिको परिचालनमा सफलता मिल्ने छ भने लाभ हुने छ । जोखिमपूर्ण निर्णयहरु लिन आँट आउने छ ।  शेयर बजारबाट फाइदा मिल्ने छ ।

मकर 
भाग्यको साथका कारण आम्दानी बढ्ने छ भने सोचेका र योजना बनाएका महत्वाकांक्षाहरु पुरा हुनेतर्फ जाने छन् । धन धान्यमा बृद्धि हुने छ । धेरै चुनौतिले भरिएका निर्णयहरु लिँदा भने ध्यान दिनु पर्ने छ । साझेदारीमा द्वन्द देखा पर्ने छ । शेयर बजार अनुकुल रहने छ ।

कुम्भ 
विदेश यात्राको सोचमा बृद्धि हुने छ । शैक्षिक तथा बौद्धिक क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । पेशागत जीवनमा केही उल्झनहरु आउने छन् । जीवनसाथिको साथसहित कार्य गरेमा मेहनत र पराक्रम बढ्न जाने भएकाले केही सफलता प्राप्त हुने छ । शेयर बजारबाट आंशिक लाभ प्राप्त हुने देखिन्छ ।

मीन
व्यक्तित्वमा विकास हुने हुँदा प्रभावकारी व्यक्तित्व बन्ने छ । मित्रहरुको साथले महत्वपूर्ण कार्य अघि बढ्ने छ । आर्थिक आम्दानीमा पनि बृद्धि हुने छ । यात्रामा भने केही कठिनाईको क्षण भोग्नु पर्ने छ । पेशागत क्षेत्र औसतमा केही सकारात्मक रुपमा जाने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।  

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement