राशिफलः आज (पुस ४) तपाइँको पेशा, व्यावसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल पुस महिनाको ४ गते बुधबार, मंसिर शुक्लपक्षको अष्टमी तिथि ।

मेष 
विश्वास गरेका पात्रहरुबाट धोकाको अवस्था आउने छ । बोली फित्तलो बन्ने र अरुले अविश्वास गर्ने अवस्था आउने छ । पेशागत जीवनमा अड्चनहरु उत्पन्न हुने र तनावको वातावरण आउने छ । पैतृक सम्पत्तिको विषयलाई लिएर परिवारमा तनाव आउने छ । शेयर बजारबाट लाभ हुने छैन् ।

Advertisement

वृष 
अकस्मात आर्थिक लाभको अवसर प्राप्त हुने छ । मनमा आँटेका कामहरु पुरा हुने कुरामा प्रगति हुने छ । पेशागत जीवनमा सफलता हात पर्ने छ । परिवारमा सदस्यहरु बीच भने तनावको वातावरण आउने छ । यात्रामा कठिनाई भोग्नु पर्ने देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मिथुन 
मनोबलमा उच्च सुधार आउने छ । तर झगडालु स्वाभावमा पनि बृद्धि हुने भएकाले नियन्त्रित रही अघि बढ्नु होला । आँटिलो खालको काममा हात हाल्न मन लाग्ने छ । अरुको नजरमा घमण्डि खालको व्यक्तित्व बन्ने छ । पेशागत क्षेत्र सकारात्मक रहने छ । फसेको धन प्राप्त हुने छ । शेयर बजारबाट लाभ हुने छ ।

कर्कट
भाग्य बलियो भएका कारण मेहनत अनुसारको प्रतिफल प्राप्त हुने छ । दाम्पत्य जीवनमा मधुरताका क्रम आउने छन् । सामाजिक काममा सहभागि हुने र समाजबाट पनि सम्मान प्राप्त हुने छ । पेशागत जीवन औसत खालको हुने छ । मित्रहरुको सहयोगले नयाँ काम थालनी गर्ने योग छ । शेयर बजारबाट भने लाभ मिल्ने छैन् । 

सिंह
आशावादी हुँदा हुँदै पनि प्रतिफलहरु सकारात्मक नबन्दा केही निराशाजनक अवस्था आउने छ । मेहनत अुनसारको परिणामहरु भने तत्काल देखिइ भने हाल्ने छैन् । पेशागत जीवन मध्यम खालको बन्ने छ । आर्थिक अवस्था पनि मध्यम अवस्थाबाट अघि बढ्ने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । अड्डा अदालत धाउनु पर्ने चुनौति  । शेयर बजार औसत रहने छ । 

कन्या
यात्राको अवसर प्राप्त हुने छ । शैक्षिक क्षेत्रमा उन्नति हुने छ । बौद्धिकस्तरको व्यक्तित्व अरुले महशुस गर्ने छन् । पेशागत जीवन औसत खालको रहने छ भने आर्थिक क्षेत्र पनि औसत नै रहने छ । प्रेममा सफलता मिल्ने छ । रमाईलो खालको स्वाभावका कारण अरुको मन जित्न सकिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

तुला
मनमा उत्साह र उमङ्गको कमि हुने छ । राम्रै बोल्दा पनि त्यसको प्रभाव भने कारात्मक खालको देखिने छ । यात्रामा झैझगडा हुने चुनौति रहेकाले सावधान रहनु नै उचित हुने छ । पेशागत जीवन औसत खालको रहने छ । नयाँ काम गर्ने अवसरका ढोका भने खुल्ने छन् । आर्थिक असन्तुलनको अवस्था रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

वृश्चिक
प्रेममा धोकाको समय सक्रिय छ । मनमा आउने पश्चातापको क्रमले मनोबलको कमि हुन जाने छ । परिवारमा अशान्तिको वातावरण र झैझगडा हुने भएकाले धैर्य भएर व्यावहार गर्नु पर्ने देखिन्छ । पेशागत जीवनमा पनि असहजताको चुनौतिबाट गुज्रनु पर्ने छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

धनु 
आफुले विश्वास गरेका भित्रहरु नै आलोचक बनेर निस्कने छन् । दाम्पत्य जीवन तथा प्रेममा अनावश्यक बादबिबादपूर्ण वातावरण हुने छ । भाग्यको साथ नभएकाले कठिन समय रहेको छ । पेशागत जीवनमा तनावको अवस्था आउने छ । आलोचना खेप्नु पर्ने छ । शेयर बजारबाट लाभ हुने छैन् । 

मकर 
मनोबलमा केही गिरावट आउने छ भने केही अन्योलता देखा पर्ने छ । मनले आँटेका कुरा भनदा अनेकौ कुराले प्रभावित हुने हुँदा कार्यसफलतामा केही कमि आउने छ । पेशागत हिसावमा भने नयाँ नयाँ अवसरहरु प्राप्त हुने छ । आर्थिक पक्ष सन्तोषजनक हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

कुम्भ 
मनमा उदासिनताका क्रम अत्याधिक आउने छ । नराम्रा खालका सपनाले गर्दा पेशागत क्षेत्रको सक्रियतामा कमि आउने छ । स्वास्थ्यमा पनि केही समस्या देखा पर्ने छ । दाम्पत्य जीवनमा झैझगडाले स्थान पाउने छ । यात्रामा निस्कनु पर्ने छ । शेयर बजारबाट भने लाभ मिल्ने छ । 

मीन
वैदेशिक यात्रामा जाने अवसर प्राप्त हुने छ । पेशागत हिसावले महत्वपूर्ण जिम्मेबारी सम्हाल्ने मौका मिल्ने छ । साथिभाइको सहयोगले नयाँ नयाँ सम्भावनाका क्षेत्रमा अघि बढ्ने अवस्था आउने छ । आर्थिक लाभ भए पनि खर्च पनि सोहि अनुरुपमा बढ्न जाने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement