राशिफलः आज (पुस ६) तपाइँको पेशा, व्यावसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल पु महिनाको ६ गते शुक्रबार, मंसिर शुक्लपक्षको दशमी तिथि ।

मेष
नेतृत्वदायी क्षमता र बोलीको सन्तुलनबाट फाइदा मिल्ने छ । आर्थिक लाभ पनि मिल्ने छ । आफ्नो लक्ष्य, सपना र उद्देश्य प्राप्तिका लागि केन्द्रीत रहिरहने व्यक्तित्व बन्ने छ । भाग्यहिनताका कारण घर घडेरी, वाहन, होटल, रेष्टुरेण्ट आदी बिक्रि गर्नुपर्ने अवस्था आउने चुनौति रहने छ । पेशागत जीवनमा उत्पन्न हुने अवरोधहरु हटाउन मन दृढ रहने छ ।

Advertisement

वृष
पराक्रमी स्वाभावमा बृद्धि हुने छ । शारीरिक कमजोरी भने देखा पर्ने छ । आर्थिक क्षेत्रमा आँशिक बृद्धि कायम रहने छ । परिवारमा मित्रताको वातावरण रहने छ । सामाजिक रुपमा भने आलोचना गर्नेहरु बढ्ने छन् । पेशागत जीवन औसत रहने छ । कला, लेखन, पत्रकारिता, सांगीतिक क्षेत्र, शिक्षण जस्ता पेशामा आवद्धहरु संयमित रहँदा उपयुक्त हुने छ ।

मिथुन 
भाग्यको साथ बलियो छ । आम्दानीमा बृद्धि हुनेछ । पेशागत जीवन सहज रहने छ । बोलीमा शितलता देखा पर्नेछ । तर बेलाबेला अपेक्षा नै नगरिएको जस्तो कडापना देखा पर्दा अरुले असहज मान्ने छन् भने वातावरण पनि बिग्रन जाने जोखिम रहने छ । सार्वजनिक सवारीसाधन, ढुवानीका सावारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ ।

कर्कट
पेशागत क्षेत्रबाट भाग्य अभिबृद्धि हुन पुग्ने छ । बोली प्रभावकारी हुने छ । अरुले पनि सहज अनुभूति गर्ने छन् । तर बेला बेला अनपेक्षित रिसको मात्रा देखा पर्न जाँखा खासगरी परिवारमा कटुता निम्तिन पुग्ने छ । स्टेसनरी, शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ । शेयर बजार सकारात्मक रहने छ । 

सिंह
दह्रो स्वाभाव भएको व्यक्तित्व हुने भएकाले कसैसँग नदब्ने खालको स्वाभाव देखा पर्ने छ । भित्रि बुद्धि पनि चलायमान हुने छ । अरुले कठोर खालको व्यक्तित्वका रुपमा अनुभूत गर्ने छन् । पेशागत जीवनबाट केही फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा भने केही कटुता उत्पन्न हुन जाने छ । झैझगडाको अवस्थाबाट सकभर बच्नु होला ।

कन्या
बोल्ने शैलीमा प्रभावकारीपना आउने छ । यसले आम्दानीमा केही बृद्धि हुने छ । विदेश तथा स्वदेशमा यात्रा गर्नु पर्ने हुन सक्छ । परिवारमा सहज वातावरण सृजना हुने छ । उद्योग कलकारखाना, सार्वजनिक यातायात, ढुवानी साधन, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई केही अनुकुल बन्ने छ ।

तुला
परिवारमा मिलन हुने छ । पैतृक सम्पत्तिले उन्नति प्रगतिमा मद्धत पु¥याउने छ । बोलीमा असाध्यै कडापना देखा पर्ने भएकाले ध्यान दिनुहोला । मनोबल र शारीरिक अवस्था कमजोर बन्न जाने भएकाले शारीरिक अभ्यास नियमित गर्न प्रतिबद्ध रहँदा उपयुक्त हुनेछ । पेशागत क्षेत्र शुभ रहने छ । पत्रकारिता, वकालत, न्याय क्षेत्र, पत्रकारिता, मार्केटिङ्ग, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा आवद्धहरुलाई समय शुभ रहेको छ ।

वृश्चिक
पेशागत क्षेत्र अनुकुल भएता पनि भाग्यहिनताका कारण धेरै फलदायी बन्ने भने छैन् । दृढ खालको व्यक्तित्व सँगै मिठो बोली भएको व्यक्तित्व हुने हुँदा अरुले विश्वास गर्ने छन् । आफ्नो अनुकुलताका लागि कहाँ के कसरी व्यावहार गर्ने भन्ने भित्रि ज्ञान जागृत हुने छ । यात्रामा झण्झट व्योहर्नु पर्ने छ । 

धनु 
बौद्धिक क्षमतमा बृद्धि हुँदा व्यक्तित्व उच्च बन्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा केही तालमेलको भने अभाव देखिन पुग्ने छ । मन दृढ बन्ने छ । मातृभुमी तथा मातृत्वसँग सम्बन्धित विषयले उदासिनता थप्ने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने भएकाले धेरै महत्वाकांक्षा भन्दा निरन्तरताको पक्षलाई बढि ध्यान दिनु होला । होटल, रेष्टुरेण्ट, जलविद्युत क्षेत्र आदीमा आवद्धहरुलाई प्रतिकुल छ । 

मकर 
साझेदारीमा गरिएका क्षेत्रमा अनुकुल बन्ने छ । अन्य क्षेत्रका पेशागत क्षेत्रमा भने धेरै सहज वातावरण बन्ने छैन् । आम्दानीमा हुने बृद्धिले व्यक्तित्वमा मद्धत पु¥याएता पनि कमजोर मनोबल भएको व्यक्तित्व हुने छ । होटल, रेष्टुरेण्ट, डान्स बार, बाउन्सर, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई कठिनाई नै रहने छ । यात्रामा कठिनाई आउने छ ।  

कुम्भ 
आम्दानीमा बढोत्तरी हुने छ । आफु भाग्यमानी भएको आभाष हुँदा मनमा लागि रहँदा उत्साह र उमङ्ग  आउने छ । प्रभावकारी बोली हुने भएकाले यसका कारण पेशागत जीवन स्थिर बनाउन भुमिका खेल्ने छ । धेरै जोखिमपूर्ण क्षेत्रमा आवद्ध व्यक्तिहरुले निकै सोच विचार गरेर कदम चाल्नु पर्ने समय रहेको छ । आयात निर्यात, पानीको व्यापार, तेल, चिसो पेय पदार्थ, दुग्ध पदार्थ आदीको कारावारमा आवद्धहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका क्षेत्रमा बिबाद देखिन्छ । 

मीन
मेहनतले काम गर्दा गर्दै पनि त्यसको कदर हुने छैन् भने प्रतिफल पनि प्राप्त हुने छैन् । पेशागत जीवनमा उतारचढावको सामना गर्नु पर्ने भएकाले धेर्यतापूर्वक अवस्थालाई अघि बढाउने प्रयास गर्नुहोला । भाग्यको साथ रहेकाले उचित स्थानमा उचित तवरको बाणिको प्रभाव बढ्ने हुँदा अवश्य राहत मिल्ने छ । ठेक्कापट्टा, वाहनको कारोवार आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement