सुन तस्कर सहसचिव झलकराम अधिकारीलाई गृहमन्त्री श्रेष्ठले जोगाए : रवि लामिछाने

Advertisement

सुन तस्करमा मुछिएका सहसचिव अधिकारीलाई गृहमन्त्री श्रेष्ठले जोगाएः रवि लामिछाने

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको प्रमाण नै पेश गर्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सहसचिवलाई जोगाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आरोप लगाएका छन् । । 

Advertisement

संसदमा नै जानकारी गराएर गोप्य सुचना दिँदा पनि सहसचिव सहसचिव झलकराम अधिकारीलाई कारबाही नभएको लामिछानेको आरोप छ । अध्यागमन विभागको महानिर्देशक रहेको अधिकारी र सुन तस्करीबीच मोवाइलमा म्यासेज आदानप्रदान भएको प्रमाण बाहिरिएपछि उनलाई गृह मन्त्रालय तानिएको थियो ।  

आफ्ना विश्वासपात्र अधिकारीलाई गृहमन्त्री श्रेष्ठले अध्यागमनमा लगेको आरोप लाग्दै आएको छ । चितवनको नारायणघाटमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले गृहमन्त्री श्रेष्ठमाथि गम्भीर आरोप लगाएका हुन् । छामिछानेले मन्त्री श्रेष्ठलाई निजी निवासमै लगेर सहसचिव अधिकारीको सप्रमाण पेश गरेको बताए । 

विवादित सहसचिव अधिकारी सुन तस्करीसँग प्रत्यक्ष जोडिएको प्रमाणहरु हुँदा पनि कारबाहीमा उदासिनता देखाएको बताउँदै लामिछानेले भने, ‘मैले गृहमन्त्रीज्यूलाई घरमै लगेर प्रमाण पेश गरेको हुँ । सुन तस्करी नाइके दावासँग सुन पास गराउन राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा अधिकारीले महत्वपूर्ण भूमिका खेलेका थिए ।’ 

अध्यागमनको महानिर्देशक रहेका अधिकारीलाई सरुवा मात्रै गरेर गृहमन्त्री श्रेष्ठले छाडेको बताउँदै गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन जाँचपास गराउन अधिकारीले सक्रिय भूमिका खेलेको आरोप लगाए । 

गृहमन्त्रीले ६० किलो सुन अनुसन्धानका लागि पत्रकारलाई समेत प्रभावमा पारेको दाबी उनको छ । अपराध विटमा कलम चलाउने पत्रकारहरुलाई प्रलोभनमा पारी अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा ल्याउन भूमिका खेलेको लामिछानेको आरोप छ ।

उनले थपे, ‘सुन तस्करीको अनुसन्धान सीआईबीमा ल्याउन गृहमन्त्रीको सचिवालयमा काम गर्ने चलाउने थरका व्यक्तिले पत्रकारहरुलाई समेत प्रभावमा पारेका हुन् । सीआईबीमा ल्याएर मन्त्री श्रेष्ठले आफ्ना नजिकको मान्छे जोगाउन र मुद्दा कमजोर बनाउन भूमिका खेले ।’

Advertisement