सुमेरु सेकुरिटिज (ब्रोकर नं ३९)को शाखा पोखरामा

Advertisement

काठमाडौं । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ब्रोकर नं ३९ (सुमेरु सेकुरिटिज प्रा.लि.ले पोखराको सिर्जना चोकमा नयाँ शाखा शुरु गरेको छ । 

योसँगै पोखरामा शेयर कारोबार गर्ने ब्रोकरको संख्या ११ पुगेको छ । सोमवार पूर्वउद्योगमन्त्री महेश बस्नेतले शाखा कार्यालयको उद्घाटन गरे । 

Advertisement

नेपाल धितोपत्र बोर्डले ब्रोकर विस्तार फुकुवा गरेसँगै यसवर्ष मात्रै पोखरामा चार वटा ब्रोकर शाखा थपिएका छन् । त्यसअघि लामो समयसम्म सात वटा ब्रोकरहरुले पोखरामा सेवा दिँदै आएका थिए । 

वि.सं. २०६६ सालमा ब्रोकर नं १४ (नेपाल स्टक हाउस)ले पोखरामा पहिलो शाखाको रुपमा कारोवार शुरु गरेको थियो । पोखरामा पुराना सात वटा ब्रोकरका करिब एक लाख पाँच हजार सेवाग्राहीले शेयर कारोवारका लागि डिम्याट खाता खोलेको ब्रोकर नं ३५ (कुहिनुर इन्भेष्टमेन्ट)का शाखा व्यवस्थापक खेमराज भाटले बताए । 

देशभर ६० लाख डिम्याट खातावाल रहेकोमा पोखरामा नयाँ ब्रोकरको समेत गरी यस्तो खाता खोल्नेको संख्या करिब एक लाख १० हजार पुगेको उनले बताए । 

सुमेरु सेक्युरिटिजका संस्थापक अध्यक्ष प्रेमकुमार अग्रवालले शेयर बजार भनेको जोखिममा काम गर्नुपर्ने भएकाले बुझेर लगानी गर्नुपर्ने बताए । उनले शेयर बजार सरकारलाई राजस्वको ठूलो स्रोत भएकाले बजारको दायरा बढाउँदै लगिनुपर्ने बताए । 

Advertisement

Advertisement