सामसङले भित्र्यायो ग्यालेक्सी ए२५ ५जी, मूल्य कति ?

Advertisement

काठमाडौं । स्मार्टफोन प्रविधिमा विश्वमै अग्रणी रहेको सामसङले ग्यालेक्सी ए२५ ५जि सार्वजनिक गरेको छ ।ल्याएको छ ।

यो स्मार्टफोनले फुल एफडी प्लस रिजोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोलिड स्क्रिन प्रदान गर्दछ । 

Advertisement

ग्यालेक्सी ए२५ ५जिको अगाडी पट्टि १३ एमपिको सेल्फि क्यामरा जडित छ भनें पछाडी ओआईएस र भीडीआईएस (ईआईएस) युक्त ५० एमपिको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरुलाई स्थीर, धमिलोरहित फोटो र भिडियोहरु खिच्न सहयोग गर्दछ । 

यसका साथै यसमा ८ एमपि अल्ट्रा वाइड कयामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।

विभिन्न विशेषताहरुले भरपूर यो स्मार्टफोन हाल ८/१२८ जिबिको लागि ने.रु.४०,९९९/- र ८/२५६ जिबिको लागि ने.रु.४४,९९९/- बजार मुल्य कायम गरी बिक्री भइहेको छ । 


 

Advertisement