राशिफलः आज (पुस १५) तपाइँको पेशा, व्यावसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल पौष महिनाको १५ गते आइतबार, पौष कृष्णपक्षको चौथी तिथि । आज तमुल्होसार रहेको छ । साथै पौष १५ का दिन ध्यू र खट्टे खाने चलन पनि रहेको छ । आज कविशिरोमणि लेखनाथ पौडेयाल जयन्ती पनि रहेको छ ।

मेष 
रोमाण्टिक शैलीमा रुचि बढ्ने छ । साथिभाइ तथा परिवारको साथमा रमाइलो गर्ने वातावरण बन्ने छ । प्रतिष्पर्धी स्वाभाव कायम रहने छ । आफ्नै असावधानीका कारण पेशागत जीवनमा चुनौतिहरु आउने भएकाले सतर्क रहनु नै ठिक हुने छ । 

Advertisement

वृष 
विचार गरेर मात्र बोल्ने तथा निर्णय लिने बारेमा गम्भीर बन्नु उपयुक्त हुने छ । गलत कार्यमा गलत निर्णय गर्ने जोखिम देखिन्छ । मनमा अत्यन्त निराशाले सताउने छ । पेशाग जीवनप्रति पनि उत्साहको कमि हुने छ । विचारहरु एकपछि अर्काे गर्दै परिवर्तन हुने हुँदा अस्थिर व्यक्तित्व बन्ने छ । भजनहरु सुन्ने गर्नुहोस् । 

मिथुन 
परिवारको साथका कारण अघि बढ्न मद्दत मिल्ने छ । बिगतमा गरिएको निर्णयका कारण वर्तमानमा असजिलो परिस्थितिको सामना गर्नुपर्ने छ । मनमा उदासिनताको क्रम रही रहने छ । दाम्पत्य जीवनमा भरपुर सहयोग र भर हुने छ । पेशागत जीवनमा सकारात्मक रहने छ भने आर्थिक रुपमा भने लाभ नभए पनि नोक्सान पनि हुने छैन् । 

कर्कट
परिवारका सदस्यहरुले भरोसा गर्ने छन् । पेशागत जीवन सकारात्मकता तर्फ जाने छ । आम्दानीमा धेरै बृद्धि नभए पनि सकारात्मक लक्षणहरु देखा पर्ने छन् । प्राकृतिक प्रकोपको चुनौति रहने छ । दुर्घटना तथा चोट पटकजन्य चुनौति सक्रिय रहेकाले धैर्य भएर मात्र सवारीसाधनसँग सम्बन्धित कार्यहरुमा संयमित रहनु होला । 

सिंह
व्यक्तित्वमा निरन्तर गिरावट आउँदा लद्युताभाषको शिकार हुने समय सक्रिय छ । बोलीको पनि प्रभावकारीता कमि हुने हुँदा कामहरु बिग्रन जाने र झैझगडामा फस्ने अवस्था आउने छ । आम्दानी सोचे जस्तो हुने छैन् । रङ्ग रमाइलोमा मन जाने छैन् । 

कन्या
शारीरिक कष्ठ सहनु पर्ने छ । असाध्यै कडा खालको व्यक्तित्व बन्ने छ । जसका कारण आफ्नै आफन्त तथा परिवारका सदस्यहरु पनि टाढा हुन खोज्ने छन् । मनमा चिन्ता र भयले सताउने छ । पेशा तथा ब्यापार ब्यवसायमा आशा गरे जस्तो उन्नति नभए पनि धेरै कठिनाई पनि हुने छैन् । आर्थिक दबाब भने उत्पन्न हुने छ । 

तुला 
प्रेममा धोका हुने छ । आफुले राखेको विश्वास माथि कुठराघात हुने छ । भाग्यको साथ नभएकाले मन पनि निरश खालको हुने छ । मेहनत धेरै गर्नु पर्ने तर प्रतिफल भने न्युन हुन जाँदा निराशाका लहरहरु निरन्तर आउने छन् । पेशागत जीवनमा आरोप खेप्नु पर्ने छ । 

वृश्चिक
संबृद्धिमा बृद्धि हुने छ । उत्साह र नयाँ जाँगर प्राप्त हुने छ । नयाँ बाहनको मज्जा लिन पाइने तथा यात्रामा मन जाने छ । मेहनति र पराक्रमी स्वाभाव हुने छ । पेशागत जीवनमा नयाँ नयाँ क्षेत्रमा पाइला चाल्न दृढता आउने छ । सामाजिक रुपमा कदर प्राप्त हुने र कार्यालयमा पनि प्रशंसा हुने छ । समय सकारात्मक देखिन्छ । 

धनु 
आत्मकेन्द्रीत चिन्तनले गर्दा स्वार्थी खालको विचारले प्राथमिकता पाउने छ र अरुले पनि यस्तै अनुभूत गर्ने छन् । पेशागत जीवन सन्तुलित बन्ने प्रयासमा रहने छ । आर्थिक क्षेत्रमा लाभ मिल्ने छ तर मनमा यसबारे सन्तुष्टि भने प्राप्त हुने छैन् । दाम्पत्य जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । 

मकर 
आवश्यकता भन्दा बढि गम्भीर र संवेदनशिल खालको व्यक्तित्व बन्ने छ । हास्य चेतको कमिले गर्दा अरुले कडा रुखो खालको मानिसका रुपमा अनुभुत गर्ने छन् । मनोबल भने उच्च रहने छ । नेतृत्व क्षमता बलियो भए पनि लचकताको अभाव देखिने छ । आम्दानी स्थिर रहने छ । दाम्पत्य जीवनमा खटपट हुने छ । 

कुम्भ 
धार्मिक–आध्यात्मिक क्षेत्रमा संलग्न हुन मन लाग्ने छ । करुण भाव तथा दया मायाको भावमा बृद्धि हुने छ । नरम खालको भावनात्मक स्वाभाव हुन जाने छ । पेशागत जीवनमा नयाँ प्राप्ति नभए पनि निरन्तरता कायम रहने छ । आर्थिक रुपमा सामान्य अवस्था रहने छ । बैराग्यताको मात्रा बढ्ने हुँदा भौति विषयवस्तुप्रति कम रुचि देखिने छ । 

मीन
सम्भावनाका नयाँ नयाँ बाटाहरु देखा पर्ने छन् । नयाँ नयाँ काम गर्नका लागि विचारहरु आउने छन् । पेशात जीवन औसत रुपमा अघि बढ्ने छ । परिवारमा भने किचलो देखिने छ । आर्थिक रुपमा समय अनुकुल रहने देखिन्छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । दाम्पत्य जीवनमा भने मतभेत देखिने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement