टाटा मोटर्सले फन कार्निभल ३.० गर्दै, उपहारमा इलेक्ट्रिकल स्कुटर पाइने

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने भएको छ । 

उक्त कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ । 

Advertisement

मेला पुस २० गतेदेखी २२ गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगंज , जेबि मोटर्स् बालकुमारीमा, सिप्रदी ट्रेडिङ्ग प्रालि राधेराधे, भक्तपुरमा आयोजना हुनेछ । 

त्यस्तै, उपत्यका बहिर इटहरी र धनगढीमा सोही कार्यक्रम आयोजना गर्न लागिएको हो । 

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्ने छन् ।

Advertisement

Advertisement