आइएमईले सातै प्रदेशमा गर्यो रेमिटेन्स साक्षरता कार्यक्रम

Advertisement

काठमाडौँ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ ।  

गत मंसिरबाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित रहेको थियो । 

Advertisement

उक्त साक्षरता सम्बन्धि कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स र यसको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिटेन्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने, रेमिटेन्स गरी रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले बिशेष गरी के कुरामा ध्यान पुराउने तथा रेमिटेन्सको डिजिटल प्रयोगका बिषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो ।  

आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दुःख गरि कमाएको रकम सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न  गरिएको जनाएको छ ।
 

Advertisement