दशैँ-तिहारका लागि ल्याइएका बिक्न बाँकी खाद्यका २० वटा च्याङग्रा कुकुरको टोकाइले मरे !

Advertisement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् । कम्पनीले दशैँ तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् । दशैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराती २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ । 

कम्पनीले दशैँ तिहारको लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५४२ वटा च्याङग्रा ल्याएको थियो । बुधवार साँझसम्म स्वास्थ्य अवस्थामा रहेका च्याङग्रा बिहीवार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् । 

Advertisement

उनले दशैँ—तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्याङ्ग्रामध्ये २० वटा बिहीवार मरेको बताइन् । थापाले बुधवार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा आज बिहान मरेको अवस्थामा पाएको बताइन् । उनले मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको बताइन् । 

थापाले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सिसिटीभी फुटेजमा देखिएको बताइन् । उनले भनिन्, ‘बुधवार बेलुकासम्म सबै च्याङग्राहरु स्वस्थ नै थिए । राति च्याङ्ग्रा मरेकाले सिसिटिभी फुटेज हेरेर थाहा पाएका हौं । बिहान ९ बजे मात्रै खबर भयो । मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको छ । भेटनरी डाक्टरहरुकाअनुसार कुकुरले टोकेको होकी भन्नुभएको छ । राति १२ बजे दुई तीन वटा कुकुर भित्र छिरेको देखिन्छ ।’ 

उनले थपिन, ‘च्याङ्ग्रा ल्याएको तीन महिना भइसक्यो । दशैँको लागि लक्षित गरेर ल्याएको हो । छटसम्म बिक्री गर्दा ४७ वटा च्याङ्ग्रा बाँकी थियो । अघिल्लो वर्ष १६२ वटा मात्रै बिक्री गरेका थियौं । यो वर्ष खरिद सख्या पनि बढी भयो । बजारमा क्रय शक्ति कम भएर पनि होला बिक्री पनि भएको थिएन ।  २० वटा च्याङ्ग्रा मरेको छ । अब के भएर मेरको रहेछ भन्ने रिपोर्ट आएपछि थाहा हुन्छ । सिसिटिभी फुटेज हेर्दा कुकुर छिरेर टोकेको जस्तो देखिन्छ । किनेको मूल्यभन्दा कममा बिक्री गर्न नमिल्ने कारणले पनि लामो समयसम्म बिक्री नभएको हो । मान्छेसँग पैसाको कमी भएका कारणले पनि लक्ष्यअनुसारको बिक्री भएन र स्टक रह्यो ।’

केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाईबाट मरेको देखिएको बताइन् । उनले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताइन् । थापाले २३ वटा च्याङ्ग्रा मरेको बताउनु भयो । उहाँले १४ वटा च्याङ्ग्रा बिरामी रहेको बताउनु भयो । उहाँले च्याङ्ग्रालाई स्वस्थ कुकुरले टोकेको परीक्षणमा देखिएको बताइन् । 

कम्पनी ल्याएका ५४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो । गत वर्ष १६२ च्याङ्ग्रा खरिद बिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरेपनि अपेक्षाअनुसार बिक्री नहुँदा च्याङ्ग्रा कम्पनीले पालन गर्दै आएको थियो । 

Advertisement

Advertisement