बचतकर्तालाई बिचल्ली पार्ने सानो पाइला सहकारीमा वीरगञ्ज महानगरले गर्यो शिलबन्दी

Advertisement

काठमाडौं । वीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आज शिलबन्दी गरेको छ ।

महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष ज प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेवप्रसाद यादव, वडा प्रहरी कार्यालय बिर्ताका प्रतिनिधि प्रहरी सहायक निरीक्षक रामइश्वर महतोको रोहवरमा उक्त सहकारीको कार्यालयमा शिलबन्दी गरिएको हो । 

Advertisement

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले  बचतकर्ताको करोडौं रुपियाँ फिर्ता नगरिरहेकोले कार्बाहीको प्रकृया अगाडि बढाएको र सोही क्रममा आज शिलबन्दी गरिएको मेयर राजेशमान सिंहले जानकारी दिए । 

Advertisement