नेपाल टेलिकमले ल्यायो विन्टर अफर, डाटा प्याकदेखि भ्वाइस कलमा विशेष छुट

Advertisement

काठमाडौ । नेपाल टेलिकमले भोलिदेखि लागु हुने गरी विन्टर अफर संचालनमा ल्याउने भएको छ । कम्पनीले उक्त अफर अन्तर्गत ग्राहकहरुलाई विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो । 

यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको टेलिकमको भनाई छ । उक्त अफर अनुसार एक दिनको समयावधिका  लागि जम्मा १९ रुपियँमा चार सय एमबी र ३३ रुपियाँमा १२ सय एमबी डाटा उपलब्ध हुन्छ । त्यस्तै, सात दिनको समयावधिका लागि एक सय ९ रुपियाँमा पाँच जीबी र २८ दिनको समयावधिका लागि दुई सय ९८ रुपियाँमा सात जीबी डाटा उपलब्ध हुनेछ । 

Advertisement

स्टे कनेक्टेड प्याक अन्तर्गत पाँच दिनको समयावधिका लागि एक सय ९ रुपियाँमा ६ जीबी डाटा तथा एक सय ३९ रुपियाँमा ६ जीबी डाटा र एक सय ७० मिनेट अन नेट भ्वाइस उपलब्ध हुनेछ । नेपाल टेलिकमका अनुसार दुई घण्टाको समयावधिका लागि ३५ रुपियाँमा अनलिमिटेड प्याक समेत उपलब्ध हुनेछ । 

ग्राहकहरुले नेपाल टेलिकमको एप डाउनलोड गर्दा उपलब्ध हुने एक जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ । विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्न सक्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 
 

Advertisement