६ महिनामा काठमाडौं महानगरको ५ अर्ब राजस्व संकलन, घर बहालबाटै सवा अर्ब

Advertisement

  
काठमाडौं  । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को ६ महिना (पुस मसान्तसम्म) मा करिब ५ अर्ब राजस्व संकलन गरेको छ ।

महानगरपालिकाले चालू आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । 

Advertisement

महानगरले सम्पत्ति करअन्तर्गत ६७ करोड १७ लाख संकलन गरेको छ । त्यस्तै, ८३ लाख भूमी तथा मालपोत कर, १ अर्ब १८ करोड १५ लाख घर बहाल कर र ४ करोड ५२ लाख रूपैयाँ पर्यटन शुल्कबापत कर संकलन गरेको छ ।

Advertisement