रिलायन्स स्पिनिङ मिल्सले १९ लाखभन्दा बढी कित्ता शेयर निष्कासन गर्ने

Advertisement

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियामार्फत शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले माघ १० गतेदेखि शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा जारी पुँजी (१ अर्ब ९० करोड रुपियाँ) को १०.१४ प्रतिशतका दरले हुन आउने  १९ करोड २६ लाख ६० हजार रुपियाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो । सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्यसीमा ६०८ रुपियाँदेखि ९१२ रुपियाँसम्म तोकिएको छ।

Advertisement

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ता सहभागी गराई बिक्री मूल्यको सीमाभित्र रही बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो । कम्पनीको शेयरमा माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

शेयर निष्कासनका कम्पनील्े ‘एनपी सिंगल ए माइनस इस्युअर रेटिङ पाएको छ । यसको अर्थ समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्ने क्षमता रहेको बुझिन्छ ।

Advertisement