एनआइबिएल स्टेबल फन्डमा आजदेखि आवेदन दिन सकिने

Advertisement


काठमाडौं । एनआइएमबी एस क्यापिटलले आज माघ २ गते मंगलबारदेखि नयाँ म्युचुअल फन्ड बिक्री खुला गरेको छ ।

क्यापिटलले ‘एनआइबिएल स्टेबल फन्ड’ को कुल १० करोड इकाइ बिक्री खुला गरेको हो । यसमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । 

Advertisement

यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । यसमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा माघ १६ गतेसम्म खुला रहनेछ ।

प्रतिइकाइ १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यसको न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ । 

undefined
 

Advertisement