हरेक वर्ष १५ हजारलाई रोजगारी दिने योजना छः डंगोल

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छन् । 

मंगलवार राजधानीमा महानगर गौरव योजनाको उद्घाटन गर्दै उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । 

Advertisement

डंगोलले १० वटा गौरवका योजनाहरुमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन् । उनले महानगरले हरेक वर्ष कम्तिमा १५ हजार महानगरबासीलाई दक्ष जनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरको उल्लेख गरिन् । 

सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने डंगोलले बताइन् । उनले भनिन्, ‘आगामी तीन वर्षमा पूरा गर्नेगरी १० वटा गौरवका योजनाहरु अघि सारेका छौं । ती योजनाले तीन वर्षमा ट्रान्जिवल परिणाम दिने अपेक्षा राखेका छौं । जसमध्ये महत्वपूर्ण गौरवको आयोजना रोजगारीमा जोडिएको छ । रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौं । यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौं । कम्तीमा पनि १५ हजार जना महानगरबासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौं ।’

Advertisement

Advertisement