पुसमा बढ्यो घर जग्गा कारोबार, ३ अर्ब ५९ करोड राजस्व संकलन

Advertisement

काठमाडौं । मंंसिर महिनाको तुलनामा पुसमा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुस महिनामा देशभर ४५ हजार २ सय ७७ संख्या घरजग्गा कारोबार भएको हो । यस्तो कारोबार मंसिरमा ४१ हजार ८५१ संख्यामा भएको थियो । 

घरजग्गा कोरोबार बढेसँगै सरकारको राजस्व पनि बढेको छ । घरजग्गा कारोबारबाट मात्रै सरकारले पुसमा ३ अर्ब ५९ करोड ६० लाख रुपियाँ राजस्व प्राप्त गरेको छ । यस्तो राजस्व मंसिरमा २ अर्ब ८६ करोड रुपियाँ असुल भएको थियो ।  

Advertisement

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ४७ हजार ३९८ र कात्तिकमा २६ हजार ४६ मात्रै घर जग्गा किनबेच भएको थियो । 

Advertisement