अमेरिकी डलरको भाउ बढ्यो, आज कतिमा हुँदैछ खरिदबिक्री ?

Advertisement

काठमाडौं । आज २०८० माघ ३ गते । १७ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज नेपाली बजारमा अमेरिकी डलर १ को खरिदमूल्य १३२.६२ रुपियाँ र बिक्री १३३.२२ रुपियाँ तोकेको छ । यस्तो दर हिजो क्रमशः १३२.३८ रुपियाँ र १३२.९२ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी युरोपियन युरोको भाउ भने घटेको छ । राष्ट्र बैंकले १ युरोबराबर खरिदमूल्य १४४.४२ रुपियाँ र बिक्रीदर १४५.०७ रुपियाँ कायम गरेकामा हिजो खरिदमूल्य १४४.८४ र बिक्रीदर १४५.४९ रुपियाँ तोकिएको थियो । 

त्यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिदमूल्य १६७.५८ र बिक्रीमूल्य १६८.३४ तोकिएको छ । साथै, स्विस फ्रांक १ को खरिदमूल्य १५४.१० रुपियाँ र बिक्रीमूल्य १५४.८० रुपियाँ कायम गरिएको छ ।

यसबाहेक अस्ट्रेलियन १ डलरको खरिदमूल्य ८७.५५ र बिक्रीमूल्य ८७.९५ रुपियाँ निर्धारण गरिएको छ भने क्यानेडियन डलर १ को खरिदमूल्य ९८.२९ र बिक्रीमूल्य ९८.७३ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

बुधाबार सिंगापुर डलर १ को खरिदमूल्य ९८.९२ र बिक्रीमूल्य ९९.३७ रुपियाँ, जापानिज येन १० को खरिदमूल्य ९.०४ र बिक्रीमूल्य ९.०८ रुपियाँ, चिनियाँ युआन १ को खरिदमूल्य १८.४४ र बिक्रीमूल्य १८.५२ रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी साउदी अरबियन रियाल १ को खरिदमूल्य ३५.३६ र बिक्रीमूल्य ३५.५२ रुपियाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिदमूल्य ३६.३६ र बिक्रीमूल्य ३६.५२ रुपियाँ, थाई भाट १ को खरिदमूल्य ३.७५ र बिक्रीमूल्य ३.७७ रुपियाँ, युएई दिराम १ को खरिद ३६.११ र बिक्री ३६.२७ रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.२७ र बिक्री २८.३९ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९२ र बिक्री ९.९७ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.७४ र बिक्री १२.८० तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३६ र बिक्रीमूल्य १९.४५ रुपियाँ रहेको छ । 

राष्ट्र बैंकका अनुसार बुधबारका लागि हङकङ डलर १ को खरिददर १६.९५ र बिक्रीदर १७.०३ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३०.९५ र बिक्रीदर ४३२.९० रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिदमूल्य ३५१.८१ र बिक्री ३५३.४० तोकिएको छ । 

Advertisement