विद्युत् महसुल नतिर्ने ९ सामुदायिक वितरक संस्थालाई प्राधिकरणले कारबाही गर्ने

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत महसुल भुक्तानी गर्न आग्रह गरेको छ । पोखरिया वितरण केन्द्र पर्साअन्तर्गत कायम रहेका ९ वटा सामुदायिक वितरक संस्थाहरूले विद्युत उपभोग गरेबापतको महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

पोखरिया वितरण केन्द्रमा गई ३५ दिनभित्र बक्यौता महसुल बुझाउन प्राधिकरणले आग्रह गरेको हो । तोकिएको समय सीमाभित्र बक्यौता महसुल नबुझाएमा सामुदायिक ग्रामीण विद्युतीकरण विनियमावली २०७१ को विनियम २८ को प्रावधानबमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

Advertisement

प्राधिकरणका अनुसार पर्साका विभिन्न स्थानका देकुली, देउराली, पारसनाथ, शिवशक्ति, धोरे, विद्युत, उजाला, जीवनज्योति र प्रकाश विद्युत उपभोक्ता समितिले महसुल तिर्न बाँकी छ ।

undefined

Advertisement