एलओडी क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा

Advertisement

काठमाडौं । ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ । बेलायतको मासिक पत्रिका डिजे म्यागले विश्वभरका सय उत्कृष्ट डिजे क्लबको छनौट गर्ने गर्दछ । सन् २०२४ को लागि विश्वभरका उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी पुनः परेको हो । 

सन् २०२२ का लागि ‘एलओडी’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५२औं स्थानमा प्रवेश गरेको थियो भने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो । यस बर्ष पनि विश्वभरका १०० उत्कृष्ट क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ । 

Advertisement

एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । यसपटक क्लब अझै माथि उक्लिन सक्ने विश्वास लिएको कुँवर बताउँछन । क्लब, डिजे म्युजिक प्रेमीहरुको लागि हामीले पुर्वाधार, सुरक्षा व्यवस्था तथा डिजे कलाकारको राम्रो व्यवस्था गरिरहेको निर्देशक कुँवरले जानकारी दिए । 

एलओडीले नेपालमा पारिवारिक क्लबिंग अनुभवको नयाँ आयाम थप्दै गएको कुँवर बताउँछन् । क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग आवश्यक रहेको कुँवरले जानकारी दिए । 

Advertisement