अर्ना बियर उत्पादक यती ब्रुअरीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण शेयर (आईपीओ) निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । 

Advertisement

यति ब्रुअरीको कारखाना चितवनको खैरहनी नगरपालिका– ४ मा रहेको छ । यो उद्योगले हाल अर्ना, यती, वाईबी, शिखरलगायत किंगफिसर जस्ता बियर बोतल तथा क्यानमा उत्पादन गर्दै आएको छ ।     

Advertisement

Advertisement