आजको विदेशी विनिमय दर : अमेरिकी डलर र पाउन्ड स्टर्लिङ बढ्यो

Advertisement

काठमाडौं । आज २०८० माघ ४ गते, बिहीबार । १८ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनियमअनुसार आज अमेरिकी डलर र पाउन्ड स्टर्लिङको भाउ बढेको छ । बिहीबारका लागि अमेरिकी डलर १ को खरिदमूल्य १३२.७३ रुपियाँ र बिक्री १३३.३३ रुपियाँ तोकिएको छ । जुन, हिजो खरिदमूल्य १३२.६२ रुपियाँ र बिक्री १३३.२२ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी त्यस्तै, पाउन्ड स्टर्लिङ पनि बढेको छ । बिहीबार १ को खरिदमूल्य १६८.३८ र बिक्रीमूल्य १६९.१४ तोकिएकामा बुधबार यस्तो दर क्रमशः १६७.५८ रुपियाँ र १६८.३४ थियो । 

त्यसैगरी, राष्ट्र बैंकले १ युरोबराबर खरिदमूल्य १४४.३५ रुपियाँ र बिक्रीदर १४५ रुपियाँ कायम गरेको छ ।

साथै, स्विस फ्रांक १ को खरिदमूल्य १५३.५८ रुपियाँ र बिक्रीमूल्य १५४.२७ रुपियाँ कायम गरिएको छ ।

यसबाहेक अस्ट्रेलियन १ डलरको खरिदमूल्य ८७.०२ र बिक्रीमूल्य ८७.४१ रुपियाँ निर्धारण गरिएको छ भने क्यानेडियन डलर १ को खरिदमूल्य ९८.१७ र बिक्रीमूल्य ९८.६१ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

बिहीबार सिंगापुर डलर १ को खरिदमूल्य ९८.७५ र बिक्रीमूल्य ९९.१९ रुपियाँ, जापानिज येन १० को खरिदमूल्य ०८.९८ र बिक्रीमूल्य ९.०२ रुपियाँ, चिनियाँ युआन १ को खरिदमूल्य १८.४५ र बिक्रीमूल्य १८.५३ रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी साउदी अरबियन रियाल १ को खरिदमूल्य ३५.३९ र बिक्रीमूल्य ३५.५५ रुपियाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिदमूल्य ३६.४० र बिक्रीमूल्य ३६.५६ रुपियाँ, थाई भाट १ को खरिदमूल्य ३.७४ र बिक्रीमूल्य ३.७५ रुपियाँ, युएई दिराम १ को खरिद ३६.१४ र बिक्री ३६.३० रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.१४ र बिक्री २८.२६ रुपियाँ, कोरियन वन १०० को खरिद ९.८६ र बिक्री ९.९० रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.६८ र बिक्री १२.७३ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३५ र बिक्रीमूल्य १९.४४ रुपियाँ रहेको छ । 

राष्ट्र बैंकका अनुसार बिहीबारका लागि हङकङ डलर १ को खरिददर १६.९६ र बिक्रीदर १७.०४ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३१.०७ र बिक्रीदर ४३३.०२ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिदमूल्य ३५२.०९ र बिक्री ३५३.६८ तोकिएको छ । 

Advertisement