सोनापुर मिनरल्सका शेयरधनीको हात रित्तै !

Advertisement

काठमाडौं । सोनापुर मिनरल्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले यही माघ २६ गते १६ औं साधारणसभा डाकेको छ । तर, सभामा लाभाशं वितरणबारे कुनै प्रस्ताव लगिने छैन । 

सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्नेलगायतका प्रस्ताव राखेको कम्पनीले जनाएको छ । 

Advertisement

साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ १२ गते बुकक्लोज गर्ने भएको छ ।

Advertisement