सुनको मूल्य घट्यो, प्रतितोला १ लाख १७ हजार ५ सयमा कारोबार

Advertisement

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement