उर्जा मन्त्रालयलाई शक्तिशाली बनाएर सबै काम त्यहींबाट नगरे जलविद्युतको विकास हुन्नः कार्की

Advertisement

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकास भए मात्रै मुलुक समृद्ध हुने दावी गरेका छन् । इप्पानको बार्षिकोत्सवमा बिहीबार उनले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउनको लागि जलविद्युत विकास पहिलो भएको बताए । 

कार्कीले सरकारले १० वर्षमा २८ हजार भन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य हासिल गर्न उर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक रहेको बताए । मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत भएको उनको दाबी छ । 

Advertisement

बैंक तथा वित्तिय क्षेत्रले पनि जलविद्युतमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउँदै कार्कीले १० वर्षमा २८ हजार बढी विद्युत उत्पादन गर्न ४६ खर्ब रुपियाँ आवश्यक पर्ने, त्यसका लागि नेपाल भित्रबाट कति सम्भव छ ? भन्ने कुरामा राष्ट्र बैंक र बैंकका प्रमुखहरुले पनि सोच्नुपर्ने बताए । 

सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिको लागि उर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रुपमा विकास गरी सबै काम उर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक रहेको कार्कीको भनाई छ । उनले सरकारले जलविद्युत क्षेत्रका लागि धेरै खालका नीतिगत सुधारहरु गर्नुपर्ने खाँचो रहेको बताए । 

अध्यक्ष कार्कीले जलविद्युत उत्पादनका लागि झनझटिला नीति र कार्यविधिहरुलाई सरकारले सुधार गरेर लैजानसके मात्रै २८ हजार मेगावट विद्युत उत्पादनको लक्ष्य हासिल हुनसक्ने बताए । उनले भने, ‘अबको १० वर्षलाई उर्जा दशक घोषणा गरौं । जलविद्युत उत्पादक व्यवसायीहरुले यो क्षेत्रमा धेरै समस्याहरु भोगि रहेका छौं । त्यसको समाधानको लागि सरकारकाले उर्जा संकट लगाएर आगामी दश वर्षलाई उर्जा दशकको रुपमा घोषणा गर्नुपर्छ । जलविद्युत क्षेत्रमा धेरै खालमा सुरक्षा र तोडफोड भोगिरहेका छौं । त्यसैले अबको दश वर्षलाई उर्जा दशक घोषणा गरौं । उर्जा विकासको लागि संकटकाल लगाउनुपर्छ । सरकारले यो कुरालाई कार्यान्वयन गर्छ भन्ने आशा छ ।’ 

कार्कीले थपे, ‘जलविद्युत उत्पादन भन्दा बाहेकको आम्दानी हुँदैन । जलविद्युत कम्पनीको बैंकको ब्याजदर वृद्धि,ट्रान्समिसन लाइन,बाढी र पानीको समस्या लगायतको कारण आम्दानी घट्दै छ । कम्पनीको आम्दानी फिक्स छ तर घट्दो क्रममा छ । त्यसैले सरकारले नयाँ–नयाँ नीति र करको दर ल्याउन थाल्यो भने उर्जा व्यवसायीहरु टिक्न नसक्ने अवस्था हुँदैन । बैंक तथा वित्तीय संस्थाहरुले जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने दिन आएको छ । १० वर्षमा २८ हजार ७ सय मेगावट विद्युत उत्पादन गर्न ४६ खर्ब रुपैयाँ आवश्यक पर्छ । त्यसमा नेपालभित्रबाट कति सम्भव छ । राष्ट्र बैंकले पनि त्यो कुरामा सोच्नुपर्छ । बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पनि सोचिदिनुपर्छ जस्तो लाग्छ । मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत हो । पहिला ७ मन्त्रालय र २०० टेबल भन्ने गथ्र्यौं । अहिले १४ मन्त्रालय जानुपर्छ । सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएर हिड्ने हो भने उर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रुपमा विकास गरी सबै काम उर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक छ । धेरै खालका नीतिगत सुधारहरु गर्नुपर्छ । जलविद्युत उत्पादनका लागि झन्झटिला नीति र कार्यविधिहरु छन् । तिनीहरुलाई सरकारले सुधार गरेर लैजानुपर्छ ।’

Advertisement

Advertisement