सामसङ ग्यालेक्सी एस२४ सिरिजका फोनको कुनको मूल्य कति ?

Advertisement

काठमाडौं । सामसङ नेपालले आज ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४+ र ग्यलेसी एस२४ को प्रि–अर्डर खुलेको घोषणा गरेको छ, जसले ग्यालेक्सी एआईको साथमा मोबाइलको नयाँ अनुभवहरु उपलब्ध गराउँदै छ । 

एआईले ग्यालेक्सी एस२४ सिरिजको हरेक अनुभवलाई अझै राम्रो र सहज बनाउने कम्पनीले जनाएको छ । इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्स्लेशनको साथ रुकावट बिनाको कुराकानीदेखि ग्यालेक्सीको प्रोभिजुअल इन्जिनको साथ आफ्नो सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बढाउनसक्ने सम्भावना र कुनै पनि प्रकारको जिज्ञाशाहरु सर्च गर्ने अथवा पत्ता लगाउने तरिका समेत परिवर्त गर्दै नयाँ स्टान्डर्ड सेट गरेको छ ।

Advertisement

ग्यालेक्सी एस२४ले संसारसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ र मोबाइलको आविष्कारको आउंदो दशकलाई प्रज्वलित गर्छ, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी ए आइ हाम्रो नवप्रवर्तन सम्पदा र मानिसहरूले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट  निर्माण गरिएको छ । हामी विश्वभरका हाम्रा प्रयोगकर्ताहरूले कसरी नयाँ सम्भावनाहरू खोल्न ग्यालेक्सी एआइ मार्फत आफ्नो दैनिक जीवनलाई सशक्त बनाउँछन् भनेर हेर्न उत्साहित छौं ।’

ग्यालेक्सी एस२४ सिरिजले फोन कलको वास्तविक–समयमा नै दुई–तर्फी आवाज र टेक्स्ट दुवै लाइभ ट्रान्स्लेटको साथ मोबाइल फोनको संचारको तरिका लाई नै पुनः परिभाषित गरिदिएको छ ।  

ग्यालेक्सी एस२४ शृङ्खला प्रि–बुक गर्नको लागि आधिकारिक पूर्व अर्डर वेबसाइट अथवा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरू गएर गर्न सकिने छ । देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा तपाईँले यो नयाँ फोनलाई ०% ब्याज दरमा सजिलो ईएमआइमा प्राप्त गर्न सकिने छ ।

प्रि–अर्डर गर्ने पहिलो ५०० ग्राहकहरूले एनसेल प्रिमियम नम्बर प्रति दिन ७० मिनेट अल नेट भ्वाइस + ७०० एमबी + ७० एसएमएस ६ महिनाका लागि रु ३,५०० निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

कुनको मूल्य कति ? 

undefined


 

Advertisement