यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० माघ ७ गते आइतबार । तदनुसार २१ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज नेपाली बजारमा अमेरिकी डलर १ को खरिदमूल्य १३२.६१ रुपियाँ र बिक्री १३३.२१ रुपियाँ तोकेको छ । 

Advertisement

राष्ट्र बैंकले आइतबारका लागि १ युरोबराबर खरिदमूल्य १४४.४० रुपियाँ र बिक्रीदर १४५.०५ रुपियाँ कायम गरेको छ । 

त्यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिदमूल्य १६८.२२   र बिक्रीमूल्य १६८.९८ तोकिएको छ । साथै, स्विस फ्रांक १ को खरिदमूल्य १५२.६३ रुपियाँ र बिक्रीमूल्य १५३.३२ रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी अस्ट्रेलियन १ डलरको खरिदमूल्य ८७.४६ र बिक्रीमूल्य ८७.८५ रुपियाँ निर्धारण गरिएको छ भने क्यानेडियन डलर १ को खरिदमूल्य ९८.४३ र बिक्रीमूल्य ९८.८७ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९८.९२ र बिक्रीमूल्य ९९.३७ रुपियाँ, जापानिज येन १० को खरिदमूल्य ८.९६ र बिक्रीमूल्य ९ रुपियाँ, चिनियाँ युआन १ को खरिदमूल्य १८.४४ र बिक्रीमूल्य १८.५२ रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी साउदी अरबियन रियाल १ को खरिदमूल्य ३५.३६ र बिक्रीमूल्य ३५.५२ रुपियाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिदमूल्य ३६.३८ र बिक्रीमूल्य ३६.५४ रुपियाँ, थाई भाट १ को खरिदमूल्य ३.७४ र बिक्रीमूल्य ३.७६ रुपियाँ, युएई दिराम १ को खरिद ३६.११ र बिक्री ३६.२७ रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.११ र बिक्री २८.२४ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९५ र बिक्री ९.९९ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.६९ र बिक्री १२.७५ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३६ र बिक्रीमूल्य १९.४५ रुपियाँ रहेको छ । 

आइतबारका लागि हङकङ डलर १ को खरिददर १६.९६ र बिक्रीदर १७.०४ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३०.८० र बिक्रीदर ४३२.७५ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिदमूल्य ३५१.८२ र बिक्री ३५३.४१ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement