आइएमई पे एपमा रु. १ को खेल, उपहार पनि पाइने

Advertisement

काठमाडौँ । डिजिटल वालेट ‘आइएमई पे’ ले माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ । 

यसअघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ । साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । 

Advertisement

आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्ने छन् ।  

साथै अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा  छुट दिने जानकारी सार्वजनिक गरेको छ । साथै प्रयोगकर्ताहरूले दराज एपबाट  माघ ४ देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्ने छन् ।  
 

Advertisement