चिनियाँ अभिनेता जेट लीलाई भेट्न बौद्ध पुगिन् अभिनेत्री मनिषा कोइराला

Advertisement

काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली काठमाडौं आएका छन् । उनी काठमाडौंमा चार दिनअघि आए पुगेका हुन् । हाल बौद्धस्थित एक गुम्बामा छन् ।

एक स्रोतका अनुसार चिनियाँ अभिनेता जेट ली आफनो छोरीलाई बौद्धस्थित एक गुम्बामा बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको अध्ययनका लागि लिएर आएका हुन् ।

Advertisement

छोरीलाई पुर्याउन आएका जेट ली अर्को हप्ता आफनो देश फर्किने तालिका छ । छोरीको स्नातकको पढाइका लागि नेपाल पुर्याउन उनी काठमाडौं आएका स्रोतले जानकारी दिए । नेपाल रहेका जेट लीसँग शनिबार अभिनेत्री मनिषा कोइराला उक्त गुम्बामा पुगेकी थिइन् । कोइरालाले अभिनेता जेट लीसँग केही फोटा सामाजिक सञ्जालमा राख्दै ‘दिस् मोर्निङ इन बौद्ध’ भनेर लेखेकी छन् । 

undefinedजेट ली यसअघि पनि क्रिसमस मनाउन काठमाडौंमा आइपुगेका थिए । उनी चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आर्टसका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन पनि हुन् । 

Advertisement